कानको लोती चुँडाएर सुन लुट्ने लमजुङमा एकजना पक्राउ

एकजना वृद्धको लमजुङमा कानबाट सुन लुटेको आरोपमा प्रहरीले  एकजना युवालाई पक्राउ गरेको छ। लमजुङ जिल्ला दोर्दी गाउँपालिका १ एक्लेखेतका ३५ वर्षका सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

छिमेकी ८५ वर्षिया विष्णुकुमारी थापाको कानको लोती चुँडाइ सुन लुटेको आरोपमा  गिरी प्रहरीले  पक्राउ गरेपनि लुटिएको भनेका सुन बरामद हुन नसकेपछि पीडित पक्षले ती युवकविरुद्ध अभद्र व्यवहार गरेको आरोपमा जाहेरी दिएको छ।