जाजरकोटको भूकम्पपीडित एकजनाको चिसोका कारण त्रिपाल भित्रनै मृत्यु

जाजरकोट जिल्ला बारेकोट रामिडाँडाका भुकम्पपीडित डुमे पुनको अत्यधिक  चिसोका कारण मृत्यु भएको छ । पुन अस्थायी त्रिपालमा आश्रय लिएर बस्दै आएका थिए ।

बारेकोटका भूकम्पपीडितलाई व्यवस्थित त्रिपाल, न्यानो कपडा, कम्मल, म्याट लगायतका राहत सामग्रीको तत्काल आवश्यकता पुर्ती गर्न सम्वन्धित निकायले ध्यान पुर्याउनु जरुरी भएको छ।