भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दिएको दानविरुद्ध परेको रिट खारेज

भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि दिएको दानविरुद्ध परेको रिट सर्वाेच्च अदातलले खारेज गरेको छ। यससँगै त्यहाँ भवन बनाउन अब बाटो खुलेको छ।

सर्वाेच्च्का न्यायाधीशद्वय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले जग्गा दान रोक्का गर्न दायर रिट खारेज गरेको हो।यस्तो दान गैरकानुनी हुने भन्दै त्यसविरुद्ध रिट परेको थियो। सो जग्गामा भवन निर्माणका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाअघि नै  शिलान्यास गरिसकेका छन्।

भ्रष्टाचार तथा ठगी मुद्दाका आरोपी रहेका गुरुङसँग ठूलो रकमको दान लिनु स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतलगायतले रिट दायर गरेका थिए। गुरुङले जग्गा र भवन गरेर करिब डेढ अर्ब रुपैयाँ एमालेलाई दान दिने निर्णय गरेका हुन्।