काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
आज शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।
उनले जनताको सेवामा निजामती कर्मचारीले बिनाअवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । लोकतान्त्रिक संविधान अनुसार दलहरु लोकतान्त्रिक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै चनाखो हुनुपर्ने जिकिर गरे ।