बिपी राजमार्गमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गयो, आठ घाइते

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । ‘घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ, ।