कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने

नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कार्कीले मुख्यमन्त्री नियुक्त भएको पाँचौं दिनमै विश्वासको मत लिन लागेका हुन्। एमालेको समर्थनमा कांग्रेसका कार्की गत शनिबार मुख्यमन्त्री बनेका थिए।

मुख्यमन्त्री कार्कीकै दल कांग्रेसले सरकारलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ। एमालेकै समर्थनमा कार्की मुख्यमन्त्री बनेका र एमाले सरकारमा समेत रहेकाले उसले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछ। यद्यपि उसले माओवादी र गठबन्धनका अन्य दललाई सरकारमा ल्याए तत्कालै सरकारबाट बाहिरिने बताइसकेको छ ।

तर, विश्वासको मत लिएपछि कांग्रेसलगायतका दलहरूलाई पनि सरकारमा ल्याउने तयारी मुख्यमन्त्री कार्कीको छ। यसरी एमालेसहितका प्रमुख दलहरुले विश्वासको मत दिने भएपछि मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत सजिलै पाउने देखिन्छ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। मंगलबार साँझसम्मको अवस्थामा ३९ जना सांसद रहेको एमाले, २९ सांसद भएको कांग्रेस, १३ जना सांसद भएको माओवादी र ४ जना सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछन्। यही अवस्था बुधबारसम्म कायम रहे र सबै सांसद उपस्थित रहे मुख्यमन्त्रीले ९३ मध्ये कम्तीमा ८५ मत पाउनेछन्। ग