माथिल्लो मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौँ - माथिल्लो मैलुङ खोला जलविद्युतले आइपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैको लागि आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

कम्पनीले २५ लाख आइपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २५ करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। यस आइपिओमा बिक्री प्रबन्धकको काम एनआईसी सानिमा क्यापिटलले गर्नेछ।