सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल बर्खास्त

सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले पौडेलले अमेरिकाको स्थायी आवासीय अनुमति लिएको देखिएको उल्लेख गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

भ्रष्टाचार मुद्दा लागेपछि पौडेल निलम्बित अवस्थामा थिए । पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि हिरासतमा लिएको छ । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा चलाइसकेको छ ।