प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनीहरूलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।

एमालेका उप–महासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार थियो । ओली प्रधानमन्त्री नभएको बेलामा पनि रिमालले उनको राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आएको थियो । पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री भएका थिए ।