‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का झयन्द्रकुमार अधिकारी पक्राउ

‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई अस्ति बुधवार ललितपुरबाट पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक ४० हजार रुपैयाँ तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ दुई लाख रुपैयाँ नगद लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा २०७९ जेठ १६ गते दुबई पुर्‍याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा छ लाख ७५ हजार रुपैयाँ बुझाउन भनेपछि आफन्तमार्फत रकम बुझाइ गएको मङ्सिरमा नेपाल फर्कन सफल भएका थिए ।

पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।