बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु

हिरोमा पुरिएर बझाङमा एकै परिवारका चारजनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–१० स्थित टुमेडामा पहिरोमा पुरिएर चारजनाको मृत्यु भएको हो ।  “स्थानीय वीरबहादुर धामीको घर पहिरोमा पुरिँदा चारजनाको मृत्यु भएको हो,” बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिए। ६ जनाले भोगेर ज्यान जोगाएको उनले जानकारी दिए ।