आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको र दिउँसो पनि धेरैजसो ठाउँमा मौसम नखुल्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

दिउँसो मधेश प्रदेशमा तुलनात्मक रुपमा पानी कम पर्ने र बाँकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै भरे राति भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा र धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

पछिल्लो एक घण्टामा उदयपुर, सिन्धुली, भक्तपुरसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा देशभर सामान्य वर्षा भएको छ ।