चीनमा भ्रमणमा रहेका गृृहमन्त्री श्रेष्ठलाई हृदयघात, स्वास्थ्य अवस्था खतरामुक्त

चीन भ्रमणमा रहनु भएका उपप्रधान एवं गृृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । बुधवार राती छाति दुखेर पेकिङ युनिभर्सिटी हस्पिटल लगिएकोमा उहाँलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको छ । हिजो राती नै श्रेष्ठको मुटुको एन्जियो प्लास्टी गरिएको बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभएको छ । चिकित्सकले अझै दुई तीन दिन अस्पतालको निगरानीमै राख्नुपर्ने बताएको पनि राजदूत श्रेष्ठले बताउनु भएको छ ।

‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’ को तेस्रो सम्मेलनमा सहभागी हुन श्रेष्ठ गत असोज २९ गते चीन जानुभएको हो । मंगलवार र बुधवार उहाँ हरित विकास सम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगति छलफलमा सहभागी हुनु भएको थियो । 

मन्त्रिपरिषदको आज बिहान बसेको आकस्मिक वैठकपछि सरकारका प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले बुधवार राती हृदयघात भएपछि मन्त्री श्रेष्ठको हिजो राती नै बेइजिङस्थित अस्पतालमा मुटुको अपरेशन गरिएको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।