टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्दै

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले आज हङकङसँग खेल्नेछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । हिजो यूएईलाई ७ विकेटले हराउँदै नेपालले श्रृंखलामा विजयी शुरुवात गरेको छ ।

नेपालले पर्सि ४ गते फेरि हङकङसँग नै खेल्ने छ भने ६ गते यूएईसँग खेल्नेछ । श्रृंखला डबल राउण्ड रोविनका आधारमा हुनेछ र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।