आजको सेयर बजार राताम्मे : नेप्से १५.७३ अंकले घट्यो !

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अङ्कले घटेर ३६३.१२ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ३२ लाख ०९ हजार २१४ कित्ता सेयर खरिद बिक्री हुँदा ९८ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।