'प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे' : कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाएका छन् । थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।

पार्टीको काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यबस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।

राप्रपा नेपाल भबिष्यमा सत्ता केन्द्रीत हैन , जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने संकल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा बिदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महंगीको मारमा सिंगो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले बिधिको शासनको उपहास भएको समेत जिकिर गरे ।