महिला विश्वकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै

 काठमाडौँ - नवौँ संस्करणको महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा हुने फाइनल खेल नेपाल समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

स्पेन र इङ्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । गत बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको थियो भने स्पेन स्वीडेनलाई हराउँदै फाइनलमा पुगेको थियो ।