स्रोत नखुलेको चार लाख नौ हजार रुपैयाँसहित काठमाडौंबाट दुईजना पक्राउ

स्रोत नखुलेको रकमसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४, बल्खु चोकबाट चार लाख नौ हजार रुपैयाँसहित आइतबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा ठमेलमा डेरा गरी बस्दै आएका चीनका ३८ वर्षीय झाङ विङ र काठमाडौंकै नैकापमा बस्ने बानियाँटारकी २५ वर्षीया सरिता खड्का छन् । उनीहरू बा.प्र. ०२–०४४ प २६११ नम्बरको स्कुटरमा सवार थिए । चेकजाँच गर्ने क्रममा उक्त नगदसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।