महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौँ - अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकप फुटबलमा शुक्रबार तिन खेल हुँदैछ ।

शुक्रबार समुह ‘ए’ को खेलमा फिलिपिन्सले स्विट्जरल्याण्डसँग खेल्दा समुह ‘बि’ मा नाइजेरिया र क्यानाडा तथा समुह ‘सि’मा स्पेन र कोष्टा रिकाबिच खेल हुनेछ ।

शुक्रबार सुरु भएको प्रतियोगितामा आयोजक टोलीहरु अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् । न्यजिल्याण्डमा भएको उद्घाटन खेलमा घरेलु टोेलीले पूर्व विश्व विजेता नर्वेलाई १–० ले हरायो ।

महिला विश्वकप फुटबलको कुनैपनि संस्करणमा न्युजिल्याण्डको यो पहिलो जित थियो । बिहीबार नै भएको दोस्रो खेलमा अष्ट्रेलियाले रिपब्लीक अफ आयरल्याण्डमाथि १–० को साँघुरो जित निकाल्यो । ३२ टोली सहभागि महिला विश्वकप फुटबल आगामि अगष्ट २० तारिखसम्म चल्नेछ ।