ललिता निवास जग्गा प्रकरणमा माधव नेपालसँग पनि सीआईबीले लियो बयान

 काठमाडौँ - ललिता निवास जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालसँग पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ ।

नेपालको प्रधानमन्त्रीत्व कालमा ललिता निवास जग्गाकाबारेमा निर्णय भएको थियो । उनको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले बयान लिएको हो । यस्तै सीआइबीले अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिइसकेको छ । यो प्रकरणमा मुछिएका भट्टराई र नेपालको बयान नलिएको भन्दै आलोचना हुँदै आएको थियो ।