आज सुनचाँदीको भाउ स्थिर

आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर नै रहेको छ । यस दिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १ हजार ५१० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ९२ रुपैयाँ तोकेको छ।