काठमाडौ । तीन दशकदेखि कूटनीतिक अल्झनमा परेको भुटानी शरणार्थीको स्वदेश फिर्ता प्रकरण मुद्दा पछिल्ला वर्षमा राजनीतिक दलहरूको घोषणापत्रबाट हराएको छ। ०६४ को संविधानसभा निर्वाचनसम्म दलहरूले शरणार्थी स्वदेश फिर्ताको प्रतिबद्धता जनाए पनि त्ययताका निर्वाचन घोषणापत्रमा समेटिएको छैन। आगामी फागुन २१ को निर्वाचनका लगि प्रमुख दलहरूले हालै जारी गरेका घोषणापत्रमा भुटानी शरणार्थी प्रकरण मुद्दा सम्बोधनबारे केही बोलिएको छैन ।
नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करीका घटना सतहमा आएपछि यो विषय राष्ट्रिय - अन्तर्राष्ट्रिय चासोमा छ।
प्रतिक्रिया