नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो ।
प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले यो सूचना निकालेको जनाएको छ । सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयको सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने कार्यालयले जनाएको छ ।