काभ्रेको महाभारत गाँउपालिका वडा नम्बर ४ तीनखट्टेमा दम्पती मृत फेला, हत्याको आशङ्का

काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ४ स्थित तीनखुट्टेमा आफैले स‌ंचालन गर्दै आईरहेको होटलमा दम्पती मृत अवस्थामा फेला परेका छन्।

६० वर्षीय मानबहादुर बल र उनकी पत्नी ५० बर्सिया केकाइमाया बल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

उनीहरूको हत्या भएको आशङ्कामा तालिम प्राप्त कुकुरको सहयोगले अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए।