रोहित, दीपेन्द्र र सन्दीपले क्यानडाको टी–२० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने भएका छन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने भएका हुन् । रोहितले पहिलो पटक ग्लोबल टी–२० लिग खेल्ने भएका हुन् । यो टोलीमा रोहितसँगै शाहिन अफ्रिदी, कोलिन मुनरो, रोमारियो शेपहर्ड, रसी भान डेर डसेन पनि छन् ।

यस्तै दीपेन्द्र र सन्दीपले भ्यानकुभर नाइट्सबाट खेल्न लागेका हुन् । दीपेन्द्र र सन्दीपले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् । यो टोलीमा दीपेन्द्र र सन्दीपसँगै बाबर आजम, मोहम्मद अमिर, मोहम्मद रिजवान, ड्वेन प्रिटोरियस पनि छन् । ग्लोबल टी–२० लिग आउँदो जुलाई २० देखि शुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ । सबै खेल ब्राम्पटनको सीएए सेन्टरमा हुनेछ ।