अहिले कपन आसपास भारी वर्षा, वाग्मती र विष्णुमतीसहितको बहाव सतर्कता तहनजिक

देशका केही स्थानमा आइतबार बेलुकादेखि नै भारी वर्षा भएको छ । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौंको कपन, सुन्दरीजल र आसपास पछिल्लो एक घण्टामा भारी वर्षा भइरहेको छ ।

वाग्मती, गौरीघाट, धोबीखोला र विष्णुमती नदीको जलसतह बढ्दो रहेको र सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र त्यहाँ रहनेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।