एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ - एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा भारत ‘ए’ले बंगलादेश ‘ए’लाई ५१ रनले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। खेल नेपाली समयअनुसार आइतबार दिउँसो सवा २ बजे हुनेछ ।