'सिधा कुरा'को फेक अडियो प्रकरणका अभियुक्त राजकुमार तिमल्सिना पक्राउ

'सिधा कुरा'ले प्रसारण गरेको फेक अडियो बनाएको आरोप लागेका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बुधबार साँझ काठमाडौंबाटै पक्राउ गरेको एसपी अंगुर जीसीले जानकारी दिए । तिमल्सिनाले बनाएको अडियोलाई 'सिधा कुरा' अनलाइनले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेको थियो । जसमा सर्वोच्च अदालतका न्यायाधीशसमेत संलग्न भएर भ्रष्टाचारका मुद्दा खारेज गर्ने सेटिङ गरेको दाबी गरिएको थियो ।

सर्वोच्चकै आदेशमा 'सिधा कुरा'मा प्रसारित सामग्रीमा प्रयोग भएको अडियो फरेन्सिक परीक्षणबाट फेक प्रमाणित भएको थियो । 'सिधा कुरा' मिडियाविरुद्धको अदालतको अवहेलना मुद्दामा आज फैसला हुने तय भएको छ । सीआईबीले डीआईजी नबिन्द अर्यालको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले सिधा कुरामा प्रसारित अडियो फेक भएको निष्कर्ष निकालेको थियो ।