चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला

चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।