सेवाग्राहीसँग १ लाख घुस लिने बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर, ५ महिना कैद सजाय

विशेष अदालतले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विनोद सिंह दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको छ ।

अख्तियारले ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्धा चलाएको थियो ।

अख्तियारले गत साउन ११ गते काठमाडौंको  वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट ६२ हजार ५१८ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो। यस्का अलवा ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया प्रहरी नायब निरीक्षक ९सई० पवन साउद पनि दोषी ठहर भएका छन्।