खेलकुद मैदान निर्माण गर्दा एक लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मो. अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले खोलकुद मैदान निर्माण गर्दा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा इन्जिनियरसँग एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।  

इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । यसैत्रममा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअिघ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धान हुँदा इन्जिनियर हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ माग गरी लिएको पुष्टि हुन आएको थियो ।