सन्दीप लामिछाने मुद्दाको अन्तिम बहसको निर्णय के आयो ? 

 काठमाण्डौँ - नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहस सोमबार पनि सकिएन । न्यायाधीश दीपक ढकालको इजालासमा सरकारी पक्षका वकिलले चार घण्टाभन्दा बढी बहस गरेका थिए । 

न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दा हेर्दैमा नराखेपछि आज दिनभर भएका बहस अर्थहीन भएका छन् । अब पुनः अदालतले इजालास तोक्नुपर्नेछ । 

अब सन्दीपको मुद्दामा पुनः २४ गतेका लागि पेसी तोकिएको छ । सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो।