लामिछाने विरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै 

काठमाण्डौँ - क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अन्तिम सुनुवाइ गर्न आज सोमबारका लागि पेशी तोकिएको छ ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो ।

१७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुर्वक्षका लागि कारागार चलान भएका थिए ।

पछि उच्च अदालत पाटनले उनलाई सर्त सहित २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो ।