ललिता निवास प्रकरण : थप दुईजना आरोपी पक्राउ

 काठमाडौँ - आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणका थप दुई जना आरोपीलाई पक्राउ गरेको छ । 

यो प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए । 

 यो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । यस प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।