तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय मन्त्री काठमाडौँमा

शुक्रबार भएको तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आएकी हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल गएकी छिन् ।