नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर २ दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै बढी हो ।