मलाई घरमै नजरबन्दमा राख्यो : दुर्गा प्रसाईं

हिजोबाट जनविद्रोहको नाम दिएर आन्दोलन शुरु गरेका व्यवसायी दुर्गा प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन् ।  शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका हुन् ।

प्रहरी लगाएर राज्यले आफूलाई जहाँ लगेर थुने पनि नागरिकका लागि आफ्नो अभियान नरोकिने बताए । उनले अभियानलाई सफल बनाउन आह्वान समेत गरे । गणतन्त्रविरोधी अभियानलाई तीव्रता दिएपछि प्रशासनले प्रसाईंको भक्तपुरस्थित निवासबाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रसाईं समर्थकले बिहीबार काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शन शुक्रबार समेत जारी राखेका छन् ।