दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो ।

उक्त रिट निवेदनमाथि आइतबार सुनुवाई हुने भएको छ । राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका प्रसाईंलाई सरकारले शुक्रबार उहाँको घरमै नजरबन्द गरेपछि प्रसाईंको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरिएको हो ।