सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ

सव डिभिजन वन कार्यालय राँझा बाँकेका सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन्। ७ हजार घुस र स्रोत नखुलेको ४५ हजार ९ सय ७५ रुपैयाँसहित पार्देलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। 

काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।