उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले बुधवार पर्यटन बाेर्डकाे सीईओ छनोटसम्बन्धी कुनै काम नगर्न/नगराउन अल्पकालीन आदेश जारी गरेको हो ।
सीईओ छनोट गर्न बनेको उपसमिति अवैधानिक रहेको भन्दै बोर्डका कर्मचारीले उच्च अदालतमा रिट दिएका थिए । बोर्डकाे सीईओका लागि समितिले १६ जनाको नाम 'शर्टलिस्ट' मा राखेर सार्वजनिकसमेत गरेको छ ।