सातवटै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थनमा हल्का वर्षा भइरहेको छ । 

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका कारण उक्त क्षेत्रहरूबाट बहने नदीको जलसतह हल्का बढ्नसक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने विभागको भनाइ छ । सडक तथा हवाई यातायातमा असुविधा हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्क रहन पनि विभागको आग्रह छ ।

सोमबार मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेको विभागले जनाएको छ ।