चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।

सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ ।

पछिल्लोे समय भने खानी क्षेत्रको सुरक्षामा सुधार हुँदै गएको तर, नियम उल्लङ्घनका कारण दुर्घटना हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।