ठगी मुद्दामा फरार अभियुक्तलाई कतारबाट नेपाल झिकायो

ठगी तथा संगठित अपराधमा संलग्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा जिल्ला औरही गाउँपालिका ५ का ४४ वर्षको रजिन्द्र पासवानलाई प्रहरीले कतारबाट नेपाल ल्याएको छ।

दुई देशको प्रहरीको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सोमबार नेपाल फिर्ता ल्याएको नेपाल प्रहरीले जनाएको छ। पासवानलगायत अन्य व्यक्तिहरुले पीडितको माछापुच्छ्रे बैंकको खाताबाट नौ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी रकम बैंकहरुको एटीएम कार्ड प्रयोग गरी रकम निकालेको अभियोग छ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोे अनुसन्धानबाट खुलेपछि प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गरेको थियो ।