४.५५ अंकले बढ्यो नेप्से परिसूचक, साढे दुई अर्बमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको पहिलो दिन बिहिबार सेयर बजारमा बढेको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अङ्कले घटेर ३८४.०८ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंक र छिमेक लघुवित्तको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ८ बढेको छ भने बाँकि सबै उपसुचक घटेको छ। आजको कारोबारमा विजय लघुवित्त र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिटिजन म्युतुअल फण्ड र जनौत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।