ईङवा हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ - ईङवा हाइड्रोपावरको आईपीओ आज वैशाख १३ गते देखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको ६ लाख कित्ता आईपीओमध्ये ३ लाख ६ हजार ८४० कित्तामात्रै बिक्री भएको छ । अब बाँकी रहेको १० लाख ८० हजार कित्ता र स्थानीयलाई बिक्री हुन बाँकी २ लाख ९३ हजार १६० थपेर कुल १३ लाख ७३ हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

त्यसमा २ प्रतिशतले हुन आउने २९ हजार ८६३ कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।