मुख्य सचिवमा लीलादेवी गर्ताैला नियुक्त

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौला निमित्त, कायममुकायम हुँदै मुख्यसचिव पदमा नियुक्त भएकी छन्। यससँगै गड्तौला नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिव भइन्। 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव बनाएसँगै मुलुकमा पहिलो पटक महिला कर्मचारी उच्चपदस्थ पदमा पुग्ने अवसर आएको हो। 

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत असार ९ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले वरिष्ठ सचिव गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिएको थियो।