आज मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टा बन्द हुने

मर्स्याङ्दी नदीमा खसेको भारतीय बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडक साढे तीन घण्टाको लागि बन्द भएको छ । मुग्लिन–आँबुखैरेनी सडक खण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

गएको शुक्रवार भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहराबाट मर्स्याङ्दी  नदीमा खस्दा २७ जनाको ज्यान गएको थियो भने १४ जना भएका छन् । सडकबाट खसेर नदी किनारमा पुगेको बस निकाल्न समस्या भएकाले आज सडक नै बन्द गरेर निकाल्ने काम भइरहेको छ । शवलाई शनिवार भारतीय वायुसेवाको विमानले भारत लगिसकेको छ ।