प्रधानमन्त्रीको चीन भ्रमण : १३ बुँदे संयुक्त विज्ञप्ति जारी, ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई समर्थन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चीन भ्रमणमा छन् । असोज ६ गतेबाट सुरु भएको उनको चीन भ्रमण असोज १३ गतेसम्म चल्ने छ । तर, महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक भने यो तीन दिनमा सम्पन्न भइसकेका छन् । अब बाँकी दिन उनले विभिन्न स्थानको अवलोकनमा बिताउने छन् ।

चीन र नेपालबीचको १३ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको छ । विज्ञप्ति अनुसार ग्लोबल डेभलपमेन्ट इनिसिएटिभलाई नेपालले समर्थन गर्ने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । न्यानो र मैत्रीपूर्ण स्वागतप्रति धन्यावाद दिँदै चिनियाँ नेताहरूलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

विज्ञप्ति हेर्न यहाँ थिच्नुहोस्