उजुरी बढेपछि राजीनामा दिएर उम्किँन खोज्दै न्यायाधीश

उजुरी बढदै गएपछि कारबाहीबाट बच्न केही विवादित न्यायाधीशहरु राजीनामा दिन थालेका छन् । केही समययता उजुरी परेका उच्च अदालतका दुई र जिल्लाका एक न्यायाधीशले राजीनामाको बाटो रोजेको छ । उजुरी छानबिन हुँदा न्यायपरिषदले बर्खास्त गर्नेसम्मको कारबाही गर्‍यो भने पेन्सनपट्ट रोकिन्छ । तर त्यसअघि नै राजीनामा दिएमा अवकाशपछिको सेवा - सुविधा पाइन्छ । त्यसैले न्यायाधीशले  दोस्रोबाट रोज्नु सहज र सजिलो उपाय ठान्छन् ।

न्यायपरिषदमा दुई सयभन्दा बढी उजुरीउपर निर्णय टुङग्याउन बाँकी छ। गत सोमबार बसेको न्यायपरिषदको बैठकले ५९ वटा उजुरी तामेलीमा पठाउने निर्णय गरेको थियोे । लगभग दुई सय भन्दा बढी उजुरी फर्स्योट हुन बाँकीनै छन् ।

यसरी राजीनामा दिनेमा डा. परशुराम भट्टराई लामो समयसम्म जिम्मेवारीविहिन बनाएका   उनले गत शुक्रबार राजीनामा दिएका हुन् । सोमबार बसेको बैठकले थप दुईजनालाई स्पष्टीकरण लिने निर्णय गरेको थियोे । ती दुईमा अम्बिकाप्रसाद  निरौला र राजकुमार कोइराला हुन् । तिनै जिल्ला न्यायाधीशविरुद्ध छानबिनका लगि सर्वोच्चका न्यायाधीश आनन्दमोहोन भट्टराईको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियोे ।