एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने

काठमाडौं - एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गरेको नेपालले सेमिफाइनलमा कुवेत प्रतिद्वन्द्वी पाएको छ । समूह बीको अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गर्दै समूहको दोस्रो स्थानमा उक्लिएपछि नेपालले सेमिफाइनलमा कुवेतसँग खेल्नुपर्ने भएको हो ।